काठमाडौं, १४ असार । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक भएको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले सोमबार सार्वजनिक सूचना प्रकाशित गरी परीक्षा तालिका सार्वजनिक गरेको हो ।
तालिका अनुसार तीन वर्षे स्नातक तह दोस्रो वर्ष मानवीकी, व्यवस्थापन, विज्ञान कानुन र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट पूरा तथा आंशिकका परीक्षा दिने परीक्षार्थीहरु परीक्षामा सहभागी हुन पाउनेछन् ।
परीक्षा साउन १८ गतेदेखि भदौ ६ सम्म चल्नेछ । व्यवस्थापन संकायको १ देखि ४ बजेसम्म परीक्षा सञ्चालन हुनेछ भने अन्य संकायको बिहान ७ बजेदेखि १० बजेसम्म हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
















प्रतिक्रिया