३० आश्विन २०८३, शुक्रबार

फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । आगामी असोज २४ गते (दशैंको फूलपातीको दिन)बाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्टको दोस्रो निर्देशकीय फिल्म ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएको छ ।

‘सिनेमा हेर्न जाउँ’ बोलको गीतमा फिल्मका डेब्यु अभिनेता समीर भट्ट र भारतीय टेलिभिजन सिरियलकी अभिनेत्री सोनू चन्द्रपालले नृत्य गर्नुभएको छ । अर्जुन पोखरेलको शब्द रचना तथा संगीत रहेको गीतमा भारतीय गायक नाकाश अजिजको स्वर छ । यो गीतका कोरियोग्राफर सुनिल क्षेत्री हुनुहुन्छ ।

फिल्ममा समीरका साथै विराज भट्ट स्वयं पनि मुख्य भूमिकामा हुनुहुन्छ । पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का, मोडल सनिशा भट्टराई, मुरलीधर, दीया मास्के, अर्जुन जंग शाही, कनिज कोइराला, नरेन खड्का, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, शुलेमान शंकर (इकु), भिष्म जोशी, तारा शर्मा, स्टन्ट सिल्भा (साउथ फिल्मका चर्चित कलाकार)लगायतको पनि ‘१२ गाउँ’मा अभिनय छ ।

फिल्ममा महेश पौडेलको छायांकन, अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामिछाने र सुनिल क्षेत्रीको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ भने विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ । यसमा द्वन्द्व निर्देशन साउथका स्टन्ट सिल्भाले गर्नुभएको छ । उहाँले साउथका ५० बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसक्नुभएको छ ।