१२ श्रावण २०८३, मंगलबार

नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । नेपालले क्यानडामा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको छ ।

बुधबार क्यानडा क्रिकेट संघले सिरिजको खेल तालिका प्रकाशित गरेसँगै नेपालले क्यानडा र ओमानसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने निश्चित भएको हो । यो टी-२० आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजपछि हुने भएको छ । लिग-२ सिरिजमा पनि घरेलु टोली क्यानडा, नेपाल र ओमान सहभागि हुँदै छन् ।

खेलतालिकाअनुसार सेप्टेम्बर १६ देखि २६ सम्म लिग-२ अन्तर्गतको सिरिज हुने छन् भने २९ सेप्टेम्बरदेखि ३ अक्टोबरसम्म टी-२० सिरिज हुने छ ।

टी-२० सिरिजपछि नेपालले क्यानडासँग एकदिवसीय सिरिज खेल्ने पनि क्यानको वार्षिक क्यालेन्डरमा उल्लेख छ तर यस सिरिजका बारेमा क्यानले अहिले स्पष्ट गरेको छैन ।

हाल नेपाली राष्ट्रिय क्रिकेट टिम लिग-२ को सिरिजको तयारीका लागि श्रीलंकामा अभ्यास गरिरहेको छ ।