७ कार्तिक २०८३, शनिबार

धारिलो हतियार प्रहार गरी प्रधानाध्यापकको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackधनकुटा, १३ असार । धनकुटाको खुवाफोकमा आज बिहान एक विद्यालयका प्रधानाध्यापकको हत्या भएको छ ।

खुवाफोक–९ स्थित श्रीपञ्चमी प्राथमिक विद्यालयका प्रधानाध्यापक नरेश लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ७ बजे खुकुरी, भालालगायत धारिलो हतियार प्रहार गरेर छ÷सातजनाको समूहले लिम्बूको हत्या गरेको धनकुटाका प्रहरी प्रवक्ता डम्बरबहादुर खड्काले जानकारी दिनुभयो ।

घटनापछि धनकुटा सदरमुकामबाट प्रहरी टोली घटनास्थल गएको छ ।

हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रधानाध्यापक लिम्बूको के कारणले हत्या भएको भन्ने खुल्न सकेको छैन । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । रासस