७ कार्तिक २०८३, शनिबार

माइती नेपालद्धारा भारतीय महिला तथा बालिकाको कञ्चनपुरबाट उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-woman-child-help-kanchanpur

महेन्द्रनगर, १३ असार । मानव बेचबिखन बिरुद्ध काम गर्दै आएको संस्था माइती नेपालले शनिबार भारतका एक बालिका र दुई महिलाको उद्धार गरेको छ । ती महिला र बालिकाको महेन्द्रनगरको गोबरैयाबाट उद्धार गरिएको हो ।

उद्धार हुनेहरुमा भारतको मध्यप्रदेश, बुरहानपुर जीला, बोरगाँवखुर्द ग्राम, १० बोरगाँवखुर्द घर भएकी बर्ष २८ की कुमा बाई, २३५/७, डवालीखुर्द ग्राम, नेपानगर तहसिल, बुरहानपुर जिला, मध्यप्रदेश की २५ की आशा बाई र नीजकी ६ बर्षकी छोरी रेनुका बाई रहेका छन् ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार उनीहरुलाई स्थानीयले दिएको सूचनाका आधारमा उद्दार गरिएको हो ।

‘महिला र बालिका अलपत्र अवस्थामा छन भन्ने सूचना पाउना साथ हाम्रो टिम कुनै बिलम्ब नगरी सम्बन्धित स्थानमा पुग्यो र उद्धार गरी ल्याएको हो,’ संयोजक भट्टले भनिन-‘उनीहरु भारतको मध्यप्रदेशबाट आएका रहेछन् र महेन्द्रनगर पुगेर अलपत्र परे ।

उनीहरु टनकपुर जान भनी पैदल गोबरैयाबाट निम्बुखेडा तर्फ जाँदै थिए । कसैले उनीहरुलाई गलत बाटो निर्देश गरेको थियो । समयमै खबर पाँउदा सुरक्षित गर्न सक्यौ । घटनाबारे जानकारी दिँदै भट्टले भनिन ।

कुमा र आशा दुवैका लोग्ने नेपालमा काम गर्थे । पति खोज्न भनी उनीहरु शनिबार बिहान मात्रै महेन्द्रनगर आई पुगेका हुन । दिनभरी उनीहरुले महेन्द्रनगरमा आफ्ना पति खोजे, त्यही क्रममा उनीहरुलाई कसैले तिमीहरुका पति बरेलीमा छन् । बरेली जाउ भनी टनकपुरबाट जानुपर्छ भनेर टनकपुर जाने बाटो भन्दै गोबरैया तर्फ पठाएको हो ।

‘हमारा पति नेपालमे काम करते हैँ । उन लोगौने ही हमको फोन करके नेपाल बुलाया था । चार दिनमे नेपाल पहुँचे । यँहा ढुडाँ कही नही मिले । किसिने बताया वो बरेलीमे है और ईधरका रास्ता बताया । हमने सोचा बरेली यही कही नज्दीक हि होगा । यीसी लिए गाँउकी ओर जा रहे थे,’ – आशा बाई ले भनिन– हमे किसी भि तरह हमारे घर पहुँचा दो ।’

‘उनीहरु निकै डराएका थिए । पैसा पनि छैन । बाटोमा मोबाईल किनी दिनुस न भन्दै हिँडिरहेका थिए । सुरुमा त हामीलाई पनि बिश्वास गरेनन् । अफिस पुर्‍याएर काउन्सिलिङ्ग गरेपछि मात्र ढुक्क भएका हुन ।’ संयोजक भट्टले भनिन । उनीहरुलाई शनिबार नै सकुशल उनीहरुको घर पुर्‍याउने ब्यबस्था मिलाउन भारतीय संस्था रीड्स टनकपुरलाई बुझाईएको छ ।