७ कार्तिक २०८३, शनिबार

गोरु चराउन गएका धनबहादुर दोदा नदीमा बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doda-river-kanchanpurभीमदत्तनगर, १३ असार । कञ्चनपुरका बेलौरी नगरपालिकाका एक युवक दोदा नदीमा डुबेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार शनिबार गोरु चराउन घरबाट हिँडेका बेलौरी नगरपालिका–७ रामनगरका १९ वर्षीय धनबहादुर चौधरी दोदा नदीमा बेपत्ता भएका हुन् । दुई दिनअघिसम्म यहाँ भएको वर्षाका कारण दोदा नदीमा पानीको बहाव बढेको थियो । प्रहरीले बेपत्ता चौधरीको खोजीकार्य जारी रहेको जनाएको छ ।

त्यसैगरी गत बिहीबार र शुक्रबार आएको वर्षाका कारण दोदा नदीले शङ्करपुरमा पाँच बिघाभन्दा बढी खेतीयोग्य जमिनसमेत बगाएको छ । दुई दिन आएको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा घर भत्किनुका साथै पहिरोका कारण सडकसमेत केही समय अवरुद्ध बनेको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । वर्षाका कारण झलारीपिपलाडी नगरपालिका–१० लालबनियाका देव ओडको एक तले तीनकोठे घरसमेत भत्किएको छ । रासस