
काठमाडौं, १२ भदौ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
आइसीसीको स्वतन्त्र अध्यक्ष पदमा मंगलबार जय शाहले मात्र मनोनयन दर्ता गरेपछि उहाँ निर्विरोध अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
वर्तमान अध्यक्ष ग्रेग बार्क्लेले आफ्नो तेस्रो कार्यकालका लागि अध्यक्ष नबन्ने बताएपछि उहाँको कार्यकाल आउँदो नोभेम्बरसम्मका लागि मात्र थियो । अब जय शाहले डिसेम्बर १ देखि अध्यक्षको कार्यकाल सम्हाल्नुहुनेछ ।
अध्यक्षमा निर्वाचित भएपछि शाहले क्रिकेटलाई अझ बढी लोकप्रिय बनाउन काम गर्ने बताउनुभएको छ । शाहको कार्यकाल दुई वर्षको हुनेछ भने उहाँ तीन पटकसम्म अध्यक्ष हुन पाउने नियम रहेको छ ।













प्रतिक्रिया