२९ आश्विन २०८३, बिहिबार

भलिबलमा भट्ट र तेक्वान्दोमा योन्जन मुख्य प्रशिक्षक नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । राष्ट्रिय खेलकुद परिषद्ले भलिबल र तेक्वान्दोमा नयाँ मुख्य प्रशिक्षक नियुक्ती गरेको छ । तेक्वान्दोको मुख्य प्रशिक्षकमा पूर्ण योन्जनलाई जिम्मेवारी दिइएको हो ।

२०५२ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गर्नुभएका योन्जन हाल सिराह जिल्ला खेलकुद विकास समितिमा नायव वरिष्ठ प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्थ्यो । यसअघि नविन श्रेष्ठले तेक्वान्दोको मुख्य प्रशिक्षिकको जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो ।

यस्तै, भलिबलको मुख्य प्रशिक्षकमा जगदीस भट्ट नियुक्त हुनुभएको छ । २०५४ सालमा सहायक प्रशिक्षकका रुपमा सेवा प्रवेश गर्नुभएका भट्ट १८ वर्षदेखि राष्ट्रिय भलिबल टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

प्रज्वलमान सिंहले उमेरहदका कारण अवकास भएपछि भट्टलाई जिम्मेवारी दिइएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दुबै जनालाई मुख्य प्रशिक्षमा नियुक्ति दिनुभएको हो । नियुक्ति पत्र बुझाउँदै घिसिङले सम्वन्धित खेललाई थप गति दिने विश्वास व्यक्त गर्नुभयो ।