इलाम, १२ असार । इलामको महमाईमा मादक पदार्थ सेवन गरी आज अपराह्न साढे ४ बजे सालोले छुरा हानेर भिनाजुको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेर भनाभन हुँदा महमाई–७ का ४६ वर्षीय धनसिंह सम्वाहाम्फेले सोही वडाका ४० वर्षीय सोमबहादुर फागोलाई छुरा हानेर हत्या गरेका हुन् ।
आपसी भनाभन हुँदा सालाले भिनाजुलाई दुईपटक छुरा हानेका थिए । छुरा प्रहारबाट फागोको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताउनुभयो ।
प्रहरीले हत्या गरेर फरार सम्वाहाम्फेको खोजी तीव्र पारेको जनाएको छ । रासस















प्रतिक्रिया