७ कार्तिक २०८३, शनिबार

एमाले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshab-Badal-300x250काठमाडौं, १२ असार । नेकपा एमालेले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा केशव बडाललाई चयन गरेको छ ।

नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्को शनिवार सिंहदरबारमा बसको पहिलो बैठकले केशव बडाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सल्लाहकार परिषद्ले पार्टीको ‘थिङ्क ट्याङ्क’ को रूपमा काम गर्दै आएको बताउँदै आफ्ना अनुभव र विज्ञताका आधारमा पार्टीलाई सैद्धान्तिक, राजनीतिक, आर्थिक लगायतका प्रश्नमा महत्वपूर्ण सुझावहरू दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले राष्ट्रिय हित र एकताको पक्षमा एमालेले खेलेको भूमिका, संविधान निर्माण र सङ्क्रमणकाल अन्त्य गर्ने बिषयमा लिएको अग्रणी पहलकदमी तथा विनाशकारी भूकम्पले ल्याएको विपत्तिमा पीडित जनतालाई स्वयंसेवक अभियान मार्फत् गरेको निःस्वार्थ सेवा र सहयोगले पार्टीको प्रतिष्ठा, प्रभाव र नेतृत्व क्षमतालाई माथि उठाएको बताउनुभयो ।

बैठकमा महासचिव ईश्वर पोखरेलले केन्द्रीय सल्लाहकार परिषद् सदस्यहरूलाई शपथ ग्रहण गराउनुभएको थियो ।

परिषद्का नवनिर्वाचित अध्यक्ष बडालले पार्टी नेतृत्व र परिषद्का सदस्यहरूबाट आफूहरूप्रति व्यक्त विश्वासप्रति आभार प्रकट गर्दै उक्त विश्वासलाई आफूले सम्पूर्ण शक्ति खर्च गरेर पूरा गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

परिषद्का सदस्यहरूको तर्फबाट नेता भरतमोहन अधिकारीले नवनिर्वाचित अध्यक्षलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना दिनुभएको थियो ।