विजय थापा
भर्जिनिया । एएनए सम्मेलनमा बिगत बर्षका झैँ ३२ औ एएनए डिसी सम्मेलनमा बालबालिकाहरुका लागि ३ दिन सम्म कार्यक्रम गरिने भएको छ ।
बालबालिका समितिका संयोजक कलाकार तथा संचारकर्मी गोमा संग्रौलाले २९ औ एएनए सम्मेलनमा गरिएको झैँ बालबालिकाहरु भविष्यका कर्णधार हुन् भन्दै उनीहरुको लागि बिशेष कार्यक्रम बनाईदै गरेको बताईन ।
२९ औ एएनए डिसी सम्मेलनमा उनीले बालबालिकाहरुका लागि चित्रकला,योगा,खेलकुद,प्रतिभा प्रदर्शन तथा साना बालबालिकाहरुका रुचि अनुसारका कार्यक्रम बनाई सफलतापुर्वक सम्पन्न गरेको थिइन् । उनले समुद्घाटन कार्यक्रम पछि सांस्कृतिक कार्यक्रममा बिबिध प्रकारका कोसेली पस्की भरपुर मनोरन्जन गराएकी थिइन् भने उनी आफैले नृत्य निर्देशन गरिएका नृत्यहरु प्रस्तुति गरिएको थियो ।
संग्रौला नृत्य निर्देशकको साथै एक प्रतिभाशालि कलाकार पनि हुन् । छोटो समय भएता पनि बालबालिकाहरुको लागि राम्रो कार्यक्रम ल्याउने बताउदै जुलाई ४-६ सम्म सम्मेलनमा बालबालिकाहरुको लागि हेरचाह पनि गरिने र अभिभावकले सम्पर्क गर्न सक्ने उनले बताईन । बालबालिकाहरुलाई प्रोत्साहन गर्न पुरस्कारको व्यवस्था पनि गरिने सोचिएको जानकारी गराउदै बालबालिकाहरुलाई वर्णमाला पनि पढाइने बताईन ।














प्रतिक्रिया