७ कार्तिक २०८३, शनिबार

धरानको होटलमा भारतीय नागरिक मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, १२ असार । सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित एक होटलमा भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । धरान ६ भानु र्चाैेकमा रहेको लोकतान्त्रिक चौतारी छेउको सत्कार होटलको कोठा नम्बर १४ मा भारतीय नागरिक अरुण कुमार शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

भारतको खगोलिया गौशला रोड बस्ने करीब ४० वर्षीय अरुण कुमार शुक्रबार साझ साढे ६ बजे होटल आएका थिए । बिहान साढे ११ बजे सम्म पनि कोठाको ढोका नखोलीएपछी हेर्न जादा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सुदम कुमार सिजापतीले बताउनुभयो ।

शव पोष्टमार्टमका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । मृत्युको कारण खुल्न सकेको छैन । उनी प्रतिष्ठानमा उपचारको लागी आएको प्रारम्भिक अनुसन्धान मा देखिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मिलन भट्टराईले जानकारी दिनुभयो ।