७ कार्तिक २०८३, शनिबार

भारतको कोठीमा बेचिन लागेकी युवती भागेर जोगिइन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Human-traffikcing1चितवन, १२ असार । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासी माकर– ४ बर्दघाट बस्ने नरबहादुर तामाङ र काठमाडौँ बालाजु बोराटारकी ३१ वर्षीया जानुका लामा रहेको चितवन प्रहरीले आज जनाएको छ । नरबहादुरलाई चितवनको नारायणगढ तथा जानुकालाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चिनजानकी जानुका भन्नेले दार्जिलिङमा काम लगाइदिने मान्छे पाएकी छु, गयौ भने मालामाल हुन्छ्यौ भनी प्रलोभनमा पारेको पीडित युवतीले बताएको प्रहरीले जनाएको छ । उनीहरुले ती युवतीलाई भारतको दार्जिलिङसम्म लगेर पनि फर्काएका थिए ।

पुनः अर्काे काम लगाइदिन्छु भन्दै नरबहादुरले ती युवतीलाई चितवन भरतपुरको एक होटलमा राखेका थिए । सोही क्रममा नरबहादुर शौचालय गएका बेला युवती भागेर बेचिनबाट जोगिएको प्रहरीले जनाएको छ ।

त्यसपछि आदर्श गृह र प्रहरीसम्म आइपुगेकी ती युवतीको बयानका आधारमा खोजी गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।