२९ आश्विन २०८३, बिहिबार

उर्जामन्त्री ज्यू ! कहिले हुन्छ नेपाल लोडसेडिङ मुक्त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

niru-thapa

शुन्यमा जति शुन्य थपे पनि शुन्य नै हुन्छ, पानीलाई जति उभो धकेले पनि उधो बग्छ तर जरामा चिनी जति हाले पनि करेला तीतो हुन्छ । यस्तै हुन् नेता भन्ने प्राणी पनि जसो गरे पनि यिनको ध्यान भाषणमा र कुर्सीमा सीमित हुन्छ । हरेक वर्ष लोडसेडिङ मुक्त नेपाल गराउने भने पनि नेपाली जनताले अन्धकारमा जीवन गुर्जानु परेको छ । नेपालमा लोडसेडिङको समस्याबाट हरेक वर्ष आम जनता अन्धकारमा बस्न बाध्य हुनु परेको छ । तर देश चलाउनेहरु कुर्सी हल्याउने दाउमा लाज पचाएर लागि रहेका छन् । लोडसेडिङ नहुन्जेल देशमा विकासले गति लिन र देशको काचुली फेर्न सम्भव हुँदाहुँदै पनि कुनै प्रभावकारी योजना बन्न नसक्नु दुःखको कुरा हो । यस्तो अवस्था निकै लामो समयसम्म रहने हो भने देश अन्धकारमय हुनेछ ।

लोडसेडिङको समस्यालाई समाधान गछौ भनेर उर्जामन्त्रीले आर्दशका भाषण फलाक्ने हुन्छ तर समस्या जहाँको त्यही नै छन् । कुर्सीको  खिचातानी मै अल्मलिएका हाम्रा महान नेताहरु जेनेरेटरको प्रकाशमा बसेर बाहिर औँसीको रात रहेको ठान्दैछन् । तिनलाई जनताको पीडाबोध हुन सकेका छैन् ।

देशको नाजुक अवस्थालाई सम्हाल्नका लागी आवश्यक पर्ने हरेक कुरालाई पुर्ण रुपमा उपयोगमा ल्याउन उर्जाकै आवश्यकता अपरिहार्य छ र त्यसको दिगो समाधान गर्नुपर्छ । दीर्घकालीन हितको उपाय सोचेर देश र विकासका लागि उर्जा क्षेत्रमा लगानी बढाउनुको विकल्प छैन् । बेलैमा यो कुरामा ध्यान् जानु अति आवश्यक छ भने एकाईऔं शताब्दीको मध्य सम्म नेपालले नसोचेको उपलब्धि हासिल गर्न सक्नेछ । नेपाली जनता अहिले अन्धकारको युगमा छन् । उज्यालोमा बस्ने उनीहरुको सपना पुरा हुने सम्भावना कमै देखिन्छ । हाम्रो देशमा हरेक वर्ष लोडसेडिङ घटाउने कुरा हुन्छ तर प्रत्येक वर्ष कुरामा मात्र सीमित भएका छन् ।

नेपाललाई जलस्रोतको दोस्रो ठूलो धनी देश भन्नु पनि बेकार छ । नेपाली जनताको जीवन अन्धकारमा बिताएका छन् । यहाँका जमिन सुख्खा, बाँझा छन् अनि नागरिक हरु खानेपानी को अभावै अभाव छ । त्यसमाथि लोडसेडिङको मार खेप्नु परेका छ । विभिन्न उद्योगहरु पनि लोडसेडिङको समस्याले आर्थिक क्षेत्र निस्क्रिय बन्दै गएको छ । उद्योग बन्द गर्न बाध्य भएको छ । २१ औं शताब्दीमा पनि टुकी र मैनबत्तीको उज्यालोमा बामे सर्दैछ ।

नेपालमा लोडसेडिङको समस्याबाट हरेक वर्ष आम जनता अन्धकारमा बस्न बाध्य हुनु परेको छ । तर देश चलाउनेहरु कुर्सी  हत्याउने दाउमा लाज पचाएर लागि रहेका छन् ।  

दुःख लाग्दो कुरा के छ भने लोडसेडिङको समस्यालाई समाधान गछौ भनेर उर्जामन्त्रीले आर्दशका भाषण फलाक्ने हुन्छ तर समस्या जहाको त्यही नै छन् । कुर्सीको खिचातानी मै अल्मलिएका हाम्रा महान नेताहरु जेनेरेटरको प्रकाशमा बसेर बाहिर औसीको रात रहेको ठान्दैछन् । तिनलाई जनताको पीडाबोध हुन सकेका छैन् । आफ्नै भुडी मात्र भर्ने ध्याउन्नमा लागेका नेता जनमुखी निर्णय गर्न अघि सदैनन् । त्यसैले नेपाली जनताले राहतको सास फेर्न पाउलान् जस्तो छैन् । अनिश्चित भविष्यमा दैनिक गुजारा गर्नु नै उनीहरुको नियती भएको छ । के यो स्थिती यस्तै रहला अनियमित लोडसेडिङले गर्दा उद्योग धन्दाका विभिन्न सामानहरु विग्रीएका छन् । भने कुनै सामानहरु ले काम नै नलाग्ने भएका छन् यसले गर्दा कैयौ उद्योगपतीहरुको पेशा धरासाय बन्दै गएको छ भने अर्कोतर्फ विद्युत्त आए पनि कम भोल्टेजको आपुर्ति हुँदा दैनिक अति आवश्यक वस्तुहरु जस्तै पंखा, कुलर, फ्रिज, ल्यापटप, अन्य मेसिनरी सामान विग्रीएको पाइन्छ ।

जब सम्म नेपालमा जलस्रोतको उचित प्रबन्धन वा सदुपयोग हुन सक्दैनन् तबसम्म नेपालका अधिकांश भेगका र पिछडिएका  वर्गहरुले टुकी र मैनबत्तीको साथबाट छुटकरा पाउन सक्दैनन् ।

लोडसेडिङले गर्दा कैयौ बालबालिका, युवायुवती भोलिका देशका कर्णदार मानिने व्यक्तिव्व हरुमा प्रत्यक्ष असर सहनु परेको छ । खास गरेर परीक्षाको समयमा यस्तो समस्या खेप्नु परेको तीतो यथार्थता छ । जुन पढने समय र गृहणी हरुले खाना बनाउने समयमा समस्या झेल्नु परेका गुनासो गरेको पाइन्छ । यो समस्या एउटा युवायुवतीको मात्र समस्या नभएर सिङगो देशको समस्या हो । त्यसैले यस्ता समस्यालाई छिटो भन्दा छिटो समाधान गर्न उर्जामन्त्रीलाई मेरो अनि हामी सम्पुर्ण नेपालीको अनुरोध छ । भाषणलाई एउटा भनाईमा मात्र सिमित नबनाएर गराईमा हुनुपर्ने अति आवश्यक छ ।

नेपालका अधिकांश उच्च तहका व्यक्तिदेखि लिएर साना तहका व्यक्तिहमा पनि कामको गराह भन्दा भनाइमा मात्र सिमित भएका कुराहरु सुनिन्छ । विडम्बना नेपाल जलस्रोतको दोस्रो धनी देश भनियता पनि हरेक पक्षबाट दयनीय स्थिति गुजार्नु परेको छ । किनभने तिनीहरुको सही सदुपयोग हुन सकेको छैन् । जब सम्म नेपालमा जलस्रोतको उचित प्रबन्धन वा सदुपयोग हुन सक्दैनन् तब सम्म नेपालका अधिकांश भेगका र पिछडिएका वर्गहरले टुकी र मैनबत्तीको साथबाट छुटकरा पाउन सक्दैनन् ।