
धनगढी, ३० साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संसदबाट विश्वासको मत पाउनु भएको छ ।
शाहले सभामा पेश गरेको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७ गरेर ३६ जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् ।
माओवादी केन्द्रका ४ र नेकपा (एकीकृत समाजवादी) का ४ जना सांसदले विपक्षमा मतदान गर्नुभयो । यस्तै, स्वतन्त्र प्रदेश सभा सदस्य डा।ताराप्रसाद जोश तटस्थ बस्नुभयो ।












प्रतिक्रिया