
काठमाडौं, २९ साउन । चर्च ब्वाइज युनाइटेड एएफसी च्यालेन्ज कपअन्तर्गत प्रारम्भिक छनोटमै भुटानको पारो एफसीसँग पराजित भएको छ ।
दशरथ रंगशालामा भएको खेलमा चर्च ब्वाइज पारो एफसीसँग २-१ गोलअन्तरले पराजित भएको हो । पराजित भएसँगै चर्च ब्वाइज छनोटबाट बाहिरिएको छ ।
पारोको जितमा किङ्गा वाङ्चुक र विलियम ओपकुले गोल गर्नुभयो। यस्तै, चर्च ब्वाइजका लागि लाकेन लिम्बूले सान्त्वना गोल गर्नुभयो ।













प्रतिक्रिया