काठमाडौं । यूपीको कानपुरमा दिन दिहाडै एक महिलाको हत्या भएको छ । यो हत्या त्यो समयमा भएको थियो जब संध्या (३०) नाम की महिलाका पुरोहित पति कामका लागि बाहिर गएका थिए र दुबै छोरा अभय (५) र विभू (३) छिमेकीमा खेल्न गएका थिए । बच्चा जब घर आएर कोठाको ढोका खोले तब भित्र को दृश्य देखेर बेस्सरी चिच्याए ।
उनीहरुले तुरुन्त छिमेकीलाई यो कुराको जानकारी दिए । छिमेकी आएर हेर्दा कोठामा संध्याको लास पल्टिरहेको थियो । मुख र टाउकोमा गम्भीर चोट लागेको थियो र घाँटी रेटिएको अवस्थामा भेटिएको थियो ।
शवको नजिकै रगत चुहिरहेको थियो । जसकारण स्पष्ट हुन्छ कि मृत्यु भन्दा पहिले संध्याले हत्यारासँग प्रतिकार गरेकी थिईन् । तर हत्याराले उनको टाउको नै काटिदिए । छिमेकी तुरुन्त प्रहरीलाई बोलाएर घटनाको बारेमा जानकारी गराएका थिए । महिलाका पति शिव प्रकाशले हत्याको आंशका गरेका छन् ।
प्रहरीका अनुसार हत्याको पटाडि परिवारमै मिलेमतो रहेको बताइएको छ । किनकि योजनाबद्ध हत्या परिवारको सदस्यको सहयोग विना दिनदहाडै असम्भव हुन्छ । आमाको हत्यासँगै दुईवटै छोरा कलिलै उमेर टुहुरा भएका छन् ।
पुलिसले शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ । यो घटनाको छानविन गर्न प्रहरीले स्पेशल टिम समेत गठन गरेको छ । महिलाका पतिलाई पनि आंशकाको घेरामा राखिएको प्रहरी अधिकारीले बताएका छन् । एजेन्सी
















प्रतिक्रिया