३ श्रावण २०८३, आइतबार

रास्वपा सांसदलाई बोल्न दिनु पर्ने लिङदेनको माग

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पाटीले संसदमा उठेर जनाएको बिरोधमा राप्रपाका राजेन्द्र लिङदेनले समर्थन जनाउनु भएको छ ।

रास्वपाका सांसद हरी ढकालले भ्रष्टचारका कारण सडक दुर्घटना भएको बताए पछि बिधुत बक्यौंता महशुलका बारेमा बोल्न खोज्दा माइक काटे पछि बिबाद सभामुख र रास्वपा बिच बढिरहेको बेला लिङदेनले समर्थन जनाउनु भएको हो ।

‘सांसदहरुलाइ बोल्न दिनु पर्छ, कुनै प्रतिबन्ध लगाउन पाईदैँन,’ लिङदेनले भन्नुभयो ।

सो अघि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिनु भएको थियो तर लामिछानेले कुनै कुरा नबोली सांसद ढकाललाई नै बोल्न दिनु पर्ने माग गर्नु भएको थियो ।