७ कार्तिक २०८३, शनिबार

महिलासँग शरीरिक सम्बन्ध राखी अश्लिल भिडियो बनाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-nightकाठमाडौँ, ११ असार । महिला साथीको अश्लिल भिडियो बनाई विभिन्न अश्लिल वेबसाइटमा पोष्ट गरी मानसिक यातना दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दार्जलिङ भारत घर भई हाल काठमाडौं टोखा नगरपालिकामा बस्ने वर्ष २९ को बरुण थापालाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज गोँगबुबाट पक्राउ गरेको हो ।

थापालाई विद्युतीय कारोबार ऐनअन्तर्गत आवश्यक कारबाहीका लागि आजै महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

यसैगरी महाशाखाले जडीबुटी व्यवसायको साझेदार बनाउँछु भनी एक महिलाबाट आठ लाख नगद तथा सुन लिई ठगी गर्ने मकवानपुर हेटौँडाका दीपक क्षेत्रीलाई पक्राउ गरेको छ । २०६७ सालमा अवैध रुपमा अमेरिकी पेस्तोलसहित पक्राउमा परेका उनी २०७० सालमा छुटेका थिए । रासस