धनगढी, ११ असार । आफ्नी छोरीलाई भगाउन सहयोग गरेको भन्दै कैलालीमा एक व्यक्तिले युवतीलाई चक्कु प्रहार गरेका छन् ।
आफ्नी छोरीलाई विवाहका लागि भगाउन सहयोग गरेको भन्दै भजनी–त्रिशक्ति नगरपालिका– ७ मुक्त कमैया टोलका विपतराम चौधरीले स्थानीय युवती फूलमाया चौधरीलाई चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरीका अनुसार विपतरामकी छोरी असार १० गते विवाह गरेर अन्तै गएकी थिइन् ।
चक्कु प्रहारबाट फूलमायाको घाँटी र छातीमा चोट लागेको र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने विपतराम चौधरी ईलाका प्रहरी कार्यालय भजनीको नियन्त्रण्ँमा रहेको जनाइएको छ ।
यस्तै, कुटपिटबाट घाईते भएका डोटी सरस्वतीनगर गाविस–१ लस्करका दिल्लीनाथ योगीको उपचारका क्रममा मृत्यु भएको छ ।
असार ८ गते खेतमा पानी लगाउने विषयमा विवाद हुदा स्थानीय ईन्द्रनाथ योगी र रबिन कठायतको कुटपिटबाट घाईते भएका योगीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रीयका अनुसार कुटपिटबाट घाईते भएका योगीको उपचारको क्रममा दिल्लीमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न दुबै जना प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।















प्रतिक्रिया