७ कार्तिक २०८३, शनिबार

बोक्सी भन्दै विवाहित महिलालाई कुटपिट गरी हात भाँचियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, ११ असार । बोक्सीको आरोपमा एक युवकले महिलालाई कुटेका छन् ।

नवलपरासी कोल्हुवा–८ ढेडाकी ६९ वर्षीय सोमकुमारी महतोलाई सोही ठाउँका युवक लालबहादुर थनेतले बोक्सीको आरोपमा कुटेर हात भाँचिदिएका हुन् ।

गएराति घरमा सुतिरहेकी महतोलाई ढोका खोल्न लगाइ एक्कासि हातपात गरेको सोमकुमारीका छोरा कुलबहादुर महतोले बताउनुभयो । बोक्सीको आरोपमा कुटिएपछि थनेतलाई कारबाहीको माग गर्दै प्रहरी चौकी कोल्हुवामा उजुरी परेको छ ।

बोक्सीको आरोपमा कुटिएको भन्दै उजुरी आएको छ, चौकीका इञ्चार्ज राजेन्द्र बस्नेतले भन्नुभयो– “अनुसन्धानबाट कामलाई अगाडि बढाइने छ ।” कुटपिट गर्ने लालबहादुर थनेत भने फरार रहेको प्रहरीले जनाएको छ ।

सोमकुमारीको मध्यबिन्दु अस्पताल डन्डामा उपचार भएपछि घर फर्किएको परिवारले जनाएको छ । रासस