– सन्तोष काफ्ले
धरान, ११ असार । लागु औषध ब्राउण्डसुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले धरानबाट ब्राउण्ड सुगर सहित पक्राउ गरेको छ ।
१४.५ ग्राम ब्राउण्डसुगर सहित धरान ४ लक्ष्मी चोकबाट पक्राउ परेका दुवै जनालाई शुक्रबार इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । बिहिवार ब्राउण्ड सुगर बोकेर हिँडिरहेको समयमा धरान ४ लक्ष्मीचौकबाट पक्राउ गरिएका उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको डाडाबजार १ का २३ बर्षीय सोपन देवान र धनकुटाकै राजारानी गाविस वडा नं. १ बस्ने पिटर चोङ्गबाङ्ग रहेका छन् ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान व्युरोले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही गरिने समेत जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुलाई लागू औषध ओसारपोसार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने समेत उहाँले जानकारी दिनुभयो ।















प्रतिक्रिया