काठमाडौं, ११ असार । विश्वभर लोकप्रिय रहेको अनलाइन पेमेण्ट सिस्टम पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गैरहेको छ ।
समयको बचत गर्दै घरमै बसी विभिन्न सेवा प्रदायक संस्थाको विल भुक्तानी तथा पैसाको कारोवार गर्न सकिने यो प्रणाली अन्तर्गत नेपालमा इ–नेट पेमेण्ट प्रालिले यस्तो सेवा उपलब्ध गराई रहेको छ ।
सन् २०१३ मा स्थापना भएको इ–नेटको ‘अनलाइन पेमेण्ट’ सुविधा अन्तर्गत मोवाइल टपअप तथा रिचार्जकार्ड, डिसहोम टपअप तथा रिचार्जकार्ड, इन्टरनेट महशुल, एयरलायन्स तथा बस टिकट, फ्ल्मि हलका टिकट, रेमिट्यान्स, युटिलिटि विल पेमेण्ट लयायतका अनलाइन भुक्तानी सेवा उपलब्ध गराइरहेको छ ।
स्थापनाको छोटो समयमै एण्ड्रोड मोबाइलबाट ५ हजारभन्दा बढी ग्राहक र वेभसाइटबाट २ हजारभन्दा बढी ग्राहक यो सेवामा जोडिएको अनलाइन पेमेण्टका संचालक कुमार खड्काले जानकारी दिएका छन् । ‘पछिल्लो समय यो सेवा लिने ग्राहकको संख्या निकै बढेको छ’ संचालक खड्का भन्छन् –‘हाम्रो लोकप्रियता दिनानुदिन बढ्दो छ, ग्राहकलाई अनलाइनबाटै पूर्ण सेवा प्रदान गर्न हामी लागिरहेका छौ ।’
नयाँ नयाँ प्रविधि भित्र्याई सेवा प्रदान गर्न कम्पनी जुटिरहेको छ । संचालक खड्का भन्छन्–‘संस्थाले टेक्नोलोजीलाई अवलम्बन गर्दै पीओएस मेसिन पनि बजारमा निकट भविष्यमै ल्याउदैछौ, उक्त मेसिनबाट पनि सम्पुर्ण कारोबार गर्न सकिनेछ ।’
अनलाइन पेमेण्टको आफ्नो वेवसाइट धधध।यलष्लिभउबथmभलत।अयm।लउ मा गएर यस प्रणालीको ग्राहक बन्न सकिने र यसका सेवा लिन पाउने कम्पनीले जानकारी दिएको छ ।















प्रतिक्रिया