
काठमाडौं, २४ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको आकाश सुरक्षित नरहेको बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै मन्त्री गुरूङले लगातारको हवाई दुर्घटनाले नेपालको आकाश सुरक्षित नरहेको महशुस भएको बताउनुभएको हो ।
उहाँले निरन्तर हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक धक्का पुगेको भन्दै यसले अन्तर्राष्ट्रियस्तरमा पनि मुलुकको छविमा आँच आउने अवस्था आएको उल्लेख गर्नुभयो ।
हिजो नुवाकोटको शिवपुरी गाउँपालिकाको सूर्यचौरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको हो ।










प्रतिक्रिया