
काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पचण्डले अब तत्काल आफू प्रधानमन्त्री नबन्ने बताउनुभएको छ ।
कोटेश्वसको पेरिसडाँडामा आयोजित हुम्ला(काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले अब पार्टी बनाउने संकल्प लिएको भन्दै अहिलेलाई प्रधानमन्त्री बन्न पुगेको बताउनुभएको हो ।
पार्टी एक नम्बर बनेपछि भने सोच्ने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कतिपयलाई लाग्ला मौका मिल्नेबित्तिकै प्रचण्ड फेरि प्रधानमन्त्री बन्न गइहाल्छ कि भन्ने १ अब म यो कार्यकालमा प्रधानमन्त्री हुन्न । पार्टी बनाउने संकल्प मैले लिएको छु । प्रधानमन्त्री अब पुग्यो अहिलेलाई । भोलि एक नम्बर पार्टी भयो भने के गर्ने त्यही बेलामा सोचौंला ।’












प्रतिक्रिया