१७ कार्तिक २०८३, मंगलबार

गुल्मीमा पहिरो : चारजनाको मृत्यु (अपडेट)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २२ साउन । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

मुसिकोट नगरपालिका वडा नं- १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी सोही स्थानका ३१ वर्षीय बिष्णु विक र उनकी श्रीमती २३ वर्षीय मुना विक घाईते हुनुभएको छ । उहाँहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।