
काठमाडौं, २२ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
आज मंगलबार सुन तोलाको २३ सयले घटेर तोलाको एक लाख ४७ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ५० हजार पुगेको थियो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ६५ रुपैयाँ घटेर १ हजार ७ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया