१७ कार्तिक २०८३, मंगलबार

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीद्वारा शपथग्रहण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

सोमबार प्रदेश प्रमुख नाजिर मियाँले शाहलाई पद तथा गोपनीयताको शपथ दिलाउनु भएको हो । शपथ लिए लगत्तै शाहले सरकारलाई समेत पूर्णता दिनु भएको छ । उहाँले एमालेका ३, कांग्रेसका २ र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई मन्त्री तथा कांग्रेसका २ र एमालेका १ सांसदलाई राज्यमन्त्री नियुक्त गर्नु भएको हो । उहाँहरूले पनि पद तथा गोपनीयकताको शपथ लिनुभएको छ ।

कांग्रेसका मेघराज खड्काले सामाजिक विकास मन्त्री, बहादुरसिंह थापाले आर्थिक मामिला मन्त्री, एमालेका सुरेन्द्रबहादुर पाल भौतिक पूर्वाधार विकास मन्त्री, हिरा सार्की आन्तरिक मामिला तथा काननुमन्त्री र वीरबहादुर थापा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको शपथ लिनु भएको हो ।

कांग्रेसकी सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र एमालेकी निर्मलादेवी साउँद भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेकी छन् ।

शाह संविधानको धारा १६८ को उपधारा २ अनुसार आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए । यो उनको दोस्रो कार्यकाल हो ।