
काठमाडौं, २१ साउन । श्रीलंकाले जारी एकदिवसीय सिरिजको दोस्रो खेलमा भारतलाई पराजित गरेको छ ।
गएराति सम्पन्न खेलमा श्रीलंकाले भारतलाई ३२ रनले पराजित गरेको हो । श्रीलंकाले दिएको २४१ रनको लक्ष्य पछ्याएको भारतले ४२.२ ओभरमा अलआउट हुँदै२०८ रन मात्र बनाएको थियो ।
भारतको लागि कप्तान रोहित शर्माले सर्वाधिक ६४ रन बनाए भने अक्सर पटेलले ४४ र शुभमन गिलले ३५ रन बनाएका थिए ।
भारतलाई अलआउट गर्ने क्रममा श्रीलंकाका बलर जेफ्री जेफ्री वान्डरसेले सर्वाधिक ६ र चरिथ असलंकाले ४ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २४० रन बनाएको थियो । श्रीलंकाका लागि आभिस्का फर्नान्डो र कमिन्दु मेन्डिसले ४०/४० रन बनाएका थिए भने दुनिथ वेल्लालागेले ३९, कुसल मेन्डिसले ३० र चरिथ असलंकाले २५ रन बनाएका थिए ।
त्यस्तै, भारतका बलर वाशिंटन सुन्दरले ३ र कुलदीप यादवले २ विकेट लिएका थिए । यो जितपछि ३ खेलको सिरिजमा श्रीलंका १-० ले अगाडि भएको छ । यसअघि खेलिएको सिरिजको पहिलो खेल टाइ भएको थियो । अब सिरिजको अन्तिम खेल बुधबार खेलिँदैछ ।







प्रतिक्रिया