७ कार्तिक २०८३, शनिबार

नेपालमा लगातार तीनपटक भूकम्पको धक्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhukampa-naya

काठमाडौँ, ११ असार । नेपालमा लगातार तीनपटक भूकम्पको धक्का महसुस गरिएको छ ।

बिहीबार राति नौ बजेदेखि पौने १२ बजेसम्म तीनपटक भूकम्पको धक्का महसुस गरिएको हो । राति ९ बजेर ७ मिनेटमा काठमाडौँबाट १५ किलोमिटर दूरी टाढा नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसलगत्तै ११ बजेर ४९ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्पको पराकम्प गयो । त्यसको २ मिनेट नबित्दै सिन्धुपाल्चोक र नुवाकोटको सिमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको हो ।

भूकम्पको पराकम्प कम हुँदै गएका बेला बिहीबार राति तीनवटा पराकम्प जाँदा सर्वसाधारणमा त्रास फैलिएको छ ।