२४ कार्तिक २०८३, मंगलबार

रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोल्पा, १९ साउन । रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार राति सुनछहरी गाउँपालिका-४ कामी डाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको हो । पहिरोले घर पुरिँदा ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनीको मृत्यु भएको हो । घरमा हजुरआमा र नातिनी रहनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राति ९ बजेतिर घरमाथिबाट पहिरो आएर घर पुरिएको हो ।