२७ असार २०८३, शनिबार

सुदूरपश्चिमको मुख्यमन्त्री बन्न कांग्रेसभित्र हानथाप

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १९ साउन । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्नुभएका दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार नै आह्वान गर्नुभएको हो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता दीर्घराज भट्टकाअनुसार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।

राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३०औँ दिनमा शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्नुभएको थियो । लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाउनुभएको थियो ।

कांग्रेस र एमालेबीच भएको भागबण्डाअनुसार सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ । कांग्रेसमा मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट र पार्टी सभापति शेरबहादुर देउवाका भतिजा प्रकाशबहादुर देउवाले दाबी गरिरहनुभएको छ ।

मुख्यमन्त्रीका चारै जना आकांक्षीसँग छुट्टछुट्टै छलफल गर्नुभएका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसक्नुभएको छैन् । देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ ।