– अनिल खत्री
गुल्मी १० असार । गुल्मीको वामीमा नवनिर्मित प्रहरी चौकी वामीटक्सारको भवन उद्घाटन गरिएको छ ।
भवन उद्घाटन गदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक पंकज श्रेष्ठले भवन निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पु¥याउने सम्पूर्ण वामीबासीहरुलाई धन्यबाद दिदै यहाँहरुको अथक प्रयास र मेहेनतले भवन निर्माण भएको बताउनु भएको छ ।
अहिलेको परिवेशमा प्रहरी भनेको सहकार्य मात्र हो भन्दै प्रहरी केवल निमित्त मात्र हो भन्दै यो भवनका असली मालिक र हकदार संरक्षक जनताकै भएकोले यसको संरक्षण गर्न आग्रह गनुभयो । उहाँले यो साझा घर भएको भन्दै यो भवनको सुन्दरता जति राम्रो छ त्यतिनै प्रहरीले गर्नुपर्ने सेवा पनि सुन्दर बनाउन प्रहरीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले इलाका प्रहरी चौकी बनाउन आफुले सक्दो पहल गर्ने तथा प्रहरी विटको लागि समेत सहयोग गर्ने बताउनुभयो । अवसरमा अर्का विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक हिमालय कुमार श्रेष्ठले समग्र जिल्लाको प्रहरी चौकीहरुको गतिविधि बारे जानकारी गराउनु भएको थियो ।
इन्जिनियर प्रहरी नायव उपरीक्षक टिकाराम देवकोटाले कुल १ करोड, ४ लाख, ९३ हजार, ९१ रुपैयाँ बराबरको लागतमा भवन निर्माण सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया