काठमाडौं, १० असार । सिन्धुलीमा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
पोखरी–६ बस्ने २९ वर्षीया गंगा बिकको उनकै लोग्ने केदारबहादुर बिकको कुटपिटबाट विहीबार मृत्यु भएको हो । आफूले भनेको माग पूरा नगरेपछि केदारले गोठमा लगेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।
उनले आफू जोगिनको लागि गोठमा शव झुन्डाएको खबर प्राप्त भएपछि खटी गएको प्रहरीले केदारलाई पक्राउ गरेको हो । केदारलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।















प्रतिक्रिया