३० असार २०८३, मंगलबार

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १४ साउन । टिपरको ठक्करबाट आइतबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिँदा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताउनुभयो ।

मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जिव थापामगरको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपालञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको कार्कीले बताउनुभयो ।