
काठमाडौं, १२ साउन । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको हो ।
हैजा संक्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरी १० जनामा पुष्टि भएको हो । पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, धेरै तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने जस्ता लक्षण देखिएमा हैजा हुन सक्ने महाशाखाले जनाएको छ ।








प्रतिक्रिया