७ कार्तिक २०८३, शनिबार

अमेरिकामा भूकम्पको धक्का, नेपाली सुरक्षित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

alaska-earthquake-today

अमेरिका, १० असार । अमेरिकामा भूकम्पको धक्का महसुस गरिएको छ ।

अमेरिकाको अलस्कालाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो । अमेरिकी भूगर्व विभागका अनुसार, प्यासिफिक समय अनुसार, ३ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महुसस गरिएको थियो । अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

अलस्कामा नेपालीहरुको पनि बाक्लै बसोबास छ । त्यहाँ रहेका नेपालीहरु पनि यो समाचार तयार पार्दासम्म सुरक्षित रहेको बताइएको छ ।

अलस्कामा पटकपटक भूकम्प जाने गरेको छ । सन् १९६४ मा अलस्कामा ९.२ रेक्टर स्केलको महाभूकम्प गएको थियो ।