२८ आश्विन २०८३, बुधबार

‘चुरे जिम्मा हामीलाई दिनुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rambaran Yadavकाठमाडौं, २५ जेठ । चुरे क्षेत्रका बासिन्दाले ठूला ठेकेदार र राज्यको अक्षमताले चुरेमा विनाशलीला बढिरहेको दाबी गर्दै संरक्षणको जिम्मा आफूहरुलाई दिन राष्ट्रपतिसमक्ष माग गरेका छन्।

चुरे क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीय र राष्ट्रिय भूमिअधिकार मञ्चका प्रतिनिधि सम्मिलित अध्ययन टोलीले तयार पारेको प्रतिवेदन बुझाउँदै शुक्रबार राष्ट्रपति रामवरण यादवसँग संरक्षणको जिम्मा दिन आग्रह गरेका हुन्।

ठेकेदार र तस्करहरुले ट्रकका ट्रक काठ, ढुंगागिट्टी र बालुवा लैजाने गरेको तर आरोप आफूहरुलाई लाग्ने गरेको गुनासो राष्ट्रपतिलाई बुझाइएको अनुरोधपत्रमा छ।

‘यसरी चुरे विनाश हुँदा पनि कुनै राजनीतिक दल बोल्दैनन्, तर त्यहीँ बसेर रातदिन चुरेलाई हराभरा बनाउन लागिपरेका झुपडीका गरिबलाई विनाशकारी देख्छन्,’ पत्रमा भनिएको छ, ‘यस्तो अन्याय रोकिनुपर्छ।’

चुरेका छवटा जिल्लाको स्थलगत अध्ययन गरेर स्थानीयले अध्ययन प्रतिवेदन तयार पारेका हुन्। ‘चुरे विनाशमा ठूला ठेकेदार र राज्य नै बढी जिम्मेवार देखिन्छन्। जथाभावी रुपमा चुरेका काठ, ढुंगागिट्टी र बालुवा निकालिएको छ,’ चुरेको अवस्थाबारे लेखिएको प्रतिवेदनमा भनिएको छ।

प्रतिवेदनअनुसार यसरी दैनिक खोतल्ने प्रक्रियाले चुरे बग्ने क्रम जारी छ। अर्कोतिर परम्परागत खेती प्रणालीले भू–क्षय भई चुरे विनाश भएको छ। स्थलगत अध्ययन भ्रमणमा सहभागी सामुदायिक आत्मनिर्भर सेवाकेन्द्रका प्रतिनिधि कुमार थापाका अनुसार वैशाख ६ गतेदेखि १२ गतेसम्म बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका चुरे क्षेत्रको स्थलगत अध्ययन गरिएको थियो। नागरिक दैनिकबाट