२९ आश्विन २०८३, बिहिबार

कफी पिउनुहोस्, हृदयाघातबाट बच्नुहोस् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

coffeकाठमाडौं । हरेक दिन तीन देखि पाँच कपसम्म कफी पिउनाले मुटु सम्बन्धी रोगबाट मृत्यु हुने खतरा २१ गुणा सम्म कम हुने वैज्ञानिकहरुले बताएका छन् । यो कुरा बैज्ञानिकले गरेको अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

इन्स्टीच्यूट फोर साइन्टिफिक इन्फोर्मेशन अन कफी (आईएसआईसी)द्वारा भर्खरै प्रकाशित रिपोर्टमा भनिएको छ कि कुनै प्रकार जीवनशैलीमा परिवर्तन ल्याउँदा हृदय रोगबाट मृत्यु हुने जोखिम कम हुन्छ ।

अध्ययन अनुसार तीन देखि पाँच कप कफी पिउँदा टाइप–२ मधुमेहको जोखिम पनि करिब २५ गुणा सम्म कम हुन्छ ।

डाक्टरको उपचारमा विधीमा जाने हो भने- ‘जसलाई मधुमेह हुन्छ, उनीहरुको हृदय रोगबाट मृत्यु हुने संभावना बढ्दै जान्छ ।’ रिपोर्टका अनुसार जीवन शैलीमा परिवर्तन गर्नाले महिलाहरुमा हृदय रोगलाई ५० गुणा सम्म कम हुँदै जान्छ, किनकि मुटु रोगबाट मृत्यु हुने एउटा मुख्य कारण खराब जीवन शैली पनि हो । एजेन्सी