२१ असार २०८३, आइतबार

जहाज दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ साउन । सरकारले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिन गर्नका लागि समिति गठन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यस किसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुर्घटनाको कारण पहिचान गरी आगामि दिनमा यसकिसिमको दुर्घटना हुन नदिन अपनाइनुपर्ने सुझावसहितको प्रतिवेदन ४५ दिनभित्र पेस गर्न श्री रतिशलाल कर्णको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको छ ।’ साथै बैठकले जहाज दुर्घटनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ ।