कावासोती, १० असार । नवलपरासीको नारायणी–९ बाघखोरका ६८ वर्षीय जगतबहादुर खड्काको सर्पले डस्दा मृत्यु भएको छ ।
बुधबार साँझ घर नजिकै पछाडि कागती टिप्न जाँदा उनलाई गोमन सर्पले डसेको थियो ।
सर्पले डसेलगत्तै चितवनको भरतपुर अस्पताल लगिएका खड्काको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । नवलपरासीको नवलपुर क्षेत्रमा सर्पले टोक्दा उपचार हुने अस्पताल नहुँदा भरतपुर लैजानुपर्ने बाध्यता रहेको छ । रासस















प्रतिक्रिया