काठमाडौं, २५ जेठ । तीन वर्षअघि पूर्वी खोटाङ दिक्तेलका व्यापारी ज्ञानेन्द्र जोशीलाई काठमाडौं आइपुग्न तीन दिनको झन्झटिलो यात्रा गर्नुपर्थ्यो। अहिले उनलाई राजधानी सहर पानीपँधेरोझैँ भएको छ। काम पर्योि कि बिहानै मोटरसाइकल स्टार्ट गरेर एक्सलेटर बटार्छन्, साँझ घाम नअस्ताउँदै गन्तव्य पुगिहाल्छन्।
न बास बस्नुपर्ने टेन्सन, न बस फेर्नुपर्ने झन्झट। बाटोखर्च पनि स्वात्तै घटेकाले उनलाई व्यापार पनि अपार बन्दैछ। पुगेकै दिन सामान अर्डर गरेर भोलिपल्ट बिहानै सामान गाडीमा लोड गरिदिन्छन् र फर्किहाल्छन्।
ज्ञानेन्द्रलाई मात्र होइन, पढ्न, घुम्न, मेला भर्न वा अवसर जुटाउन राजधानी पुग्नुपर्ने खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका यात्रीलाई सजिलो बनाएको छ– दिक्तेल–खुर्कोट–काठमाडौं सडकले।
‘सडकले राजधानीलाई निकै नजिक्याएको छ,’ बाटो खुलेयता मात्र २० पटक मोटरसाइकलमा फुत्तै काठमाडौं आएका जोशी भन्छन्, ‘आवश्यक पर्योब कि कुदिहाल्यो, त्यही दिन पुगिन्छ, काम फत्ते गरेर अर्को साँझ त घरै आइपुगिन्छ।’
मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट करिब ६० किलोमिटर ट्र्याक खुलेपछि जोशीजस्ता युवा काठमाडौंसम्मको यात्रा मोटरसाइकलमै गर्न उत्साही देखिन्छन् भने अन्य सर्वसाधारणका लागि पनि यातायातका प्रशस्त विकल्प छन्। अचेल खोटाङ, ओखलढुंगा र सोलुका अधिकांश यात्री यही मार्ग हुँदै राजधानी आउजाउ गर्छन्।
खुर्कोट हुँदै काठमाडौंका लागि हिउँदयाममा ओखलढुंगा, सोलु र खोटाङबाट दैनिक ६० वटा जिप र केही बस आहोरदोहोर गर्छन्। हर्कपुर ओखलढुंगाका प्रहरी नायब निरीक्षक हिमाल पोखरेल भन्छन्, काठमाडां जाने जिप र बसको संख्या दैनिक २५-३० हुन्छ, त्यत्तिकै संख्याका यात्रुवाहक सवारी काठमाडांबाट यता फर्कन्छन्।’
जेठदेखि कात्तिकसम्मको यात्रा भने त्यति सहज छैन। बाटो उही भए पनि सुनकोसी र दूधकोसीमा पुल नहुँदा बीच–बीचबाट गाडी फेर्नुपर्छ। नागरिक दैनिकबाट













प्रतिक्रिया