
काठमाडौं, ८ साउन । भारतमा चिकित्सकलाईसमेत आश्चर्यमा पार्ने एक शिशुको जन्म भएको छ ।
भारतको सीतापुर जिल्लाको साँडा प्राथमिक स्वास्थ्य केन्द्रमा हालै चार खुट्टा, चार हात र दुई मुख भएको एक शिशुको जन्म भएको हो ।
जिल्लाको कीर्तपुर कोरियनपुरवाकी पुनम रामादेवीले अनौठो बच्चालाई जन्माउनुभएको हो । तर जन्मभएको करिब पाँच घण्टापछि बच्चाको मृत्यु भएको थियो । जुम्ल्याहा बच्चाको शरीर मिलेर एकै भएको र बच्चाको शरीरको संरचना राम्रोसँग विकसित भएको थिएन ।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा अस्पतालमाथि आरोप लगाइएको छ । भिडियोमा एक जनाले अस्पतालमा नर्सहरू मात्रै रहेको बताएका छन् । उनकाअनुसार त्यहाँ एक जना पनि डाक्टर थिएनन् । नर्सले महिलालाई सुत्केरी गराएकी थिइन् । बच्चालाई अर्को अस्पतालमा सारिएको थियो तर बच्चालाई बचाउन नसकिएको बताइएको छ ।
बच्चाको शरीर पनि अचम्मको थियो । बच्चा जन्मिएपछि आमा आफै पनि छक्क परेपछि बच्चालाई हेर्न अस्पतालमा मानिसहरुको भीड नै लागेको थियो ।









प्रतिक्रिया