२९ आश्विन २०८३, बिहिबार

नेपालमा बैंक तथा वित्तिय संस्थाको मर्जर र कर्मचारीको अवस्था

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aabishkar

भनिन्छ समय परिवर्तनशील छ र त्यही समयले सिंगो समाजलाई परिवर्तन गराउँछ । परिवर्तन समाजको हरेक क्षेत्रमा जोडिएको छ र समय अनुसार परिवर्तन आवश्यक पनि छ ।

कुनै एउटा समय थियो त्यो समयलाई स्मरण गर्न धेरै अतितमा पुग्नु पर्दैन, नेपालमा बैंक तथा वित्तिय संस्था स्थापनाको लहर नै चलेको थियो भन्नुपर्छ । वित्तिय संस्थाको नियमनकारी निकाय अर्थात् केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकले पनि सहजै रुपमा वित्तिय संस्था संचालनका लागि अनुमती दिने गर्दथ्यो ।

नेपालका मुख्य शहर बजार क्षेत्रहरुमा धमाधम केन्द्रिय कार्यालयहरु स्थापना गर्दै संगसंगै शाखा विस्तार गर्दै दिन प्रतिदिन वित्तिय संस्थाहरु वृद्धि हुंदै थिए । शहरमा कुनै पनि राम्रो सजावटमा घर बनेको देख्दा धेरैको सोचाइ हुन्थ्यो कि अब यो घरमा कुन बैंक आउँदैछ ? लाग्थ्यो वित्तिय संस्था स्थापनाको सिजन नै चलिरहेको थियो ।

एउटै संस्थामा काम गर्ने कर्मचारीमा पनि मर्जर पछि कसैलाई फाईदा र कसैलाई वेफाईदा भई गहिरो भिन्नता देखिएको छ । जुन भिन्नता संस्थागत पहुँच, भनसुन, संगसंगै नातावाद र कृपावादको प्रभावले गर्दा सृजना भएको पाईएको छ । विशेषगरी तल्लो तहमा रहेर संस्थाको लक्ष्य प्राप्तिका लागि दिनरात खटिएर काम गर्ने कर्मचारीहरुका लागि मर्जर त्यति सकारात्मक बन्न नसकेको देखिएको छ । 

तर त्यो समयले धेरै निरन्तरता पाउन सकेन । समय एकाएक परिवर्तन भयो । पर्याप्त पूँजी, उचित व्यवस्थापन, संस्थागत सुशासन संगै विभिन्न सानाठूला समस्याले नेपाली वित्तिय बजारमा चुनौतीहरु सिर्जना हुन लागे स–साना वित्तिय अपराधका घटनाहरु पनि देखिन थाले कतिपय वित्तिय संस्थाहरु बन्द नै भए कतिपय राष्ट्रबैंकको नियन्त्रण र संरक्षणमा रहेर काम गर्नुपर्ने अवस्थाको सिर्जना भयो । त्यो सँंगै केहि थप जटिलताहरु पनि देखिन थाले ।

त्यस्ता जटिलताको समाधान, पूंजीको अभावमा ढुलमुलिएका संस्थाको सुधार लगायत समग्र वित्तिय क्षेत्रका समस्या समाधानको दरिलो हतियार बनाउँदै नेपाल राष्ट्र बैंकले वित्तिय संस्था मर्जरलाई प्रोत्साहन सँगै अवस्था हेरीकन दवावमूलक अर्थात् बाध्यकारी रुपले पनि अगाडि बढाउन शुरु ग¥यो । त्यही मर्जर नीतिलाई आत्मसाथ गर्दै नेपालका धेरै बैंक तथा वित्तिय संस्था मर्ज भए कति आफ्नो अस्तित्व नै नरहने गरी गाभिए भने केहि संस्थाहरु अझै मर्जर प्रकृयामै अगाडि बढिरहेका छन् । वर्तमान अवस्थालाई नजिकिएर हेर्ने हो भने नेपाली वित्तिय बजारमा मर्जरको लहर नै चलेको कुरालाई नकार्न मिल्दैन् ।

वित्तिय परिवर्तन, वित्तिय विकास, वित्तिय सुशासन र पूंजी वृद्धि लगायत समग्र पक्षलाई हेर्दा मर्जर सकारात्मक देखिएको छ र वित्तिय स्थायित्वका लागि मर्जर कोशेढुंगा सावित भएको पनि छ । भन्ने गरिन्छ वित्तिय क्षेत्रमा संस्थाको मुख्य सम्पत्ति भनेकै त्यो संस्थाको कर्मचारी वर्ग हो । संस्थागत लक्ष्य प्राप्तीको लागि सदैव लगनशिल र समयको प्रवाह नगरी खटिरहने वर्ग पनि त्यही कर्मचारी वर्ग हो तर त्यो वर्ग मर्जर पछि संस्था जती सवल र सफल बनेको छ सोही अनुरुप सन्तुष्ट बन्न नसकेको मर्जर पछिका केहि संस्थाहरुको अवस्थाले देखाएको छ । यसो भनिरहंदा सबै कर्मचारी नै मर्जरपछि असन्तुष्ट छन् भन्ने होईन् ।

वित्तिय क्षेत्रमा संस्थाको मुख्य सम्पत्ति भनेकै त्यो संस्थाको कर्मचारी वर्ग हो । संस्थागत लक्ष्य प्राप्तीको लागि सदैव लगनशिल र समयको प्रवाह नगरी खटिरहने वर्ग पनि त्यही कर्मचारी वर्ग हो तर त्यो वर्ग मर्जर पछि संस्था जती सवल र सफल बनेको छ सोही अनुरुप सन्तुष्ट बन्न नसकेको मर्जर पछिका केहि संस्थाहरुको अवस्थाले देखाएको छ । 

एउटै संस्थामा काम गर्ने कर्मचारीमा पनि मर्जर पछि कसैलाई फाईदा र कसैलाई वेफाईदा भई गहिरो भिन्नता देखिएको छ । जुन भिन्नता संस्थागत पहुँच, भनसुन, संगसंगै नातावाद र कृपावादको प्रभावले गर्दा सृजना भएको पाईएको छ । विशेषगरी तल्लो तहमा रहेर संस्थाको लक्ष्य प्राप्तिका लागि दिनरात खटिएर काम गर्ने कर्मचारीहरुका लागि मर्जर त्यति सकारात्मक बन्न नसकेको देखिएको छ ।

‘यसै पनि धेरै वित्तिय संस्थामा काम गर्ने तल्लो वर्गका कर्मचारीहरु कार्यालयको समयावधि, मेहनत र परिश्रम अनुसारको सेवा सुविधाबाट बञ्चित भएको भन्ने गरिन्छ ।’ मर्जरपछि कतिपय अवस्थामा समायोजनका नाममा पहिलेको पदिय जिम्मेवारीबाट वञ्चित हुनुपर्ने अथवा तल्लो जिम्मेवारी वहन गर्नुपर्ने साथै काम गर्ने वातावरण परिवर्तन भई नयां संस्थामा अपहेलित भएको महशुसले आफ्नो पेशा र काम प्रति नै वितृष्णा उत्पन्न भई जागिर नै छोड्नुपर्ने वाध्यात्मक परिस्थिती समेत सृजना भएका छन् ।

कुनैपनि बैंक तथा वित्तिय संस्था मर्जरमा जानुभन्दा पहिले नै संस्थाको महत्वपूर्ण पक्ष अर्थात् संस्थाको प्रमुख सम्पत्तिको रुपमा चिनिने साना–ठूला सबै वर्गका कर्मचारीको विषयमा संस्थाको उच्च व्यवस्थापन, संचालक समिति र मर्जर कमिटीले विशेष ध्यान पुर्‍याई मर्जर पछिको संस्था जति सवल र सफल हुन्छ त्यही अनुपातमा कर्मचारी वर्गलाई पनि सन्तुष्ट र सवल बनाई उचित ब्यवस्थापन गर्नु जरुरी छ । 

सानो संस्थाबाट ठूलो संस्थामा गाभिन पुगेका कर्मचारीहरुमा यसको बढी प्रभाव देखिएको छ । केही संस्थामा मर्जरपछि संस्था एक भएपनि कर्मचारीहरु एक हुन नसक्नु, लाईन, गुट र उपगुटमा विभाजित हुनु र समय समयमा विभिन्न माग राखि आन्दोलित भएको पनि देखिएको छ, जसले गर्दा धेरै वित्तिय संस्थाहरुका लागि कर्मचारी व्यवस्थापन निकै चुनौतीपूर्ण सावित भएको छ ।

अतः कुनैपनि बैंक तथा वित्तिय संस्था मर्जरमा जानुभन्दा पहिले नै संस्थाको महत्वपूर्ण पक्ष अर्थात् संस्थाको प्रमुख सम्पत्तिको रुपमा चिनिने साना–ठूला सबै वर्गका कर्मचारीको विषयमा संस्थाको उच्च व्यवस्थापन, संचालक समिति र मर्जर कमिटीले विशेष ध्यान पुर्‍याई मर्जर पछिको संस्था जति सवल र सफल हुन्छ त्यही अनुपातमा कर्मचारी वर्गलाई पनि सन्तुष्ट र सवल बनाई उचित ब्यवस्थापन गर्नु जरुरी छ । जसले गर्दा कर्मचारी वर्गमा मर्जरपछिको नयाँ संस्थाप्रति थप उत्साह पैदा होस् ।