१ कार्तिक २०८३, शनिबार

फिल्म ‘यो मन त मेरो नेपाली हो’को ‘आँखै रसिलो’ बोलको गीत रिलिज

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । नेपाली चलचित्र फिल्म ‘यो मन त मेरो नेपाली हो’को ‘आँखै रसिलो’ बोलको गीत सार्वजनिक भएको छ ।

सोमबार एक कार्यक्रमकाबीच दीपक शर्माको शब्द तथा संगीत रहेको गीत ‘आँखै रसिलो’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायिका अस्मिता अधिकारी र गायक सविन सुवेदीले स्वर दिनुभएको छ भने गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गर्नुभएको छ ।

गीतमा मुख्य कलाकार रोशन श्रेष्ठ र आयुशा समालसँगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान, ‘डान्स इण्डिया डान्स’ फेम्ड नरेशवीर सिंहलाई फिचर्ड गरिएको छ ।

मित्र प्रधानको निर्देशनमा बनेको यो फिल्ममा रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, आयुशा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भन्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशीको अभिनय रहेको छ ।