
काठमाडौं, ६ साउन । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको आव्हान भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संबिधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि दावी पेश गर्न आव्हान गर्नुभएको हो ।
सोमबार साँझ साढे ६ बजेसम्मको समय दिएर सरकारमा दावी पेश गर्न आह्वान गरिएको हो । यस अघि आजै अल्पमतमा पर्नुभएका मुख्यमन्त्री जोखबहादुर महराले प्रदेशसभाको बैठकमा राजीनामा दिनु भएको थियो ।
केन्द्रमा कांग्रेस-एमालेबीच भएको सहमति अनुसार लुम्बिनीमा सरकारको नेतृत्व एमालेले गर्ने सहमति भएको छ । सो अनुसार लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्नु हुने भएको छ ।









प्रतिक्रिया