८ कार्तिक २०८३, आइतबार

लजबाट सीके राउत फेरि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ck-Rawatलहान, ९ असार । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा सीके राउतलाई आज दिउँसो प्रहरीले सिरहाको लहानबाट पक्राउ गरेको छ ।

स्वतन्त्र मधेस गठबन्धनद्वारा आयोजित कार्यक्रममा सहभागी हुन लहान आइपुग्नु भएका उहाँलाई प्रहरीले लहान नगरपालिकास्थित राधाकृष्ण होटल एण्ड लज अगाडिबाट पक्राउ गरेको हो । पक्राउ परेका राउतलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको छ ।

गठबन्धनका नेता कार्यकर्ताले डा राउतकै अगुवाइमा उत्तेजित नारा लगाउँदै जुलुश प्रदर्शन गर्न खोजेपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।