
काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौंमा भेटघाट र छलफल गर्नुभएको छ ।
कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५औं महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताउनुभयो । तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गर्नुभयो ।
महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए ।
भेटघाटमा महानगर सभापतिहरु निलकाजी शाक्य(काठमाडौं), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दिपक चापागाईं(विराटनगर) र मनिन्द्र नेपाली(वीरगञ्ज) सहभागी हुनुहुन्थो ।












प्रतिक्रिया