१ कार्तिक २०८३, शनिबार

फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडालगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । यस फिल्ममार्फत अमरले डेब्यु गर्दै हुनुहुन्छ ।

फिल्ममा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, रेजिना उप्रेती, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्यलगायतको अभिनय रहेको छ ।

यस चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताउनुभयो ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेख्नुभएको छ । फिल्मका निर्माता भने दिलिप केसी हुनुहुन्छ । यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।