
काठमाडौं, ३ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले देश र व्यवस्थालाई अप्ठेरो पर्दा कांग्रेस–एमाले एक ठाउँमा उभिने गरेका बताउनुभएको छ ।
आज मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्नुहुँदै मन्त्री गुरुङले २०४६ सालमा पञ्चायत फाल्न, २०६२/०६३ सालमा राजतन्त्र फाल्न र २०७२ मा गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस–एमाले एकै ठाउँमा उभिएका बताउनुभएको हो ।
अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएको कारण कांग्रेस–एमाले एक ठाउँमा उभिनु परेको उहाँको भनाइ छ ।
देशको अर्थतन्त्र धेरै जर्जर बन्दै गएको कारण विकास र समृद्धिका काम अहिले अवरुद्ध अवस्थामा रहेको र विकास, सुशासन, स्थिरता, संविधान परिवर्तनका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले अहिले बेजेट आइसकेकोले धेरै ठुलो अपेक्षा नगर्न आग्रह गर्नुहुँदै यस वर्ष ट्र्याकबाट बाहिर गएको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउनको लागि सरकारले काम गर्ने स्पष्ट पार्नुभयो ।
अहिलेको गठबन्धनलाई जोगाएर मुलुकले खोजेको राजनीतिक स्थिरता दिने कुरामा आफूहरूको ध्यान जाने उहाँले बताउनुभयो ।








प्रतिक्रिया